सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८१ भव्यताका साथ सम्पन्न


 


काठमाडाैँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट २०८१ विभिन्न कार्यक्रमका बीच सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८०्८१ मा देशभरिका शाखारउपशाखाहरूमा कार्यरत अभिकर्ताहरू मध्येबाट वैयक्तिक कोडबाट र टिमबाट जारी भएको बीमाशुल्ककोे आधारमा टार्गेट पुरा गर्ने सम्पुर्ण अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

यसै क्रममा कम्पनीको गोधूलि क्लब, पृथ्वी क्लब, अग्नि क्लब र आकाश क्लब योजना २०८१ मा समावेश हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया लगाएत संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च ब्यबस्थापन समुहको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालालिकाको रुपमा माल्बिका सुब्बा रहेकी थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का बिजेता करण परियारले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्