लुम्बिनी प्रदेशको जनसम्पर्क सल्लाहकारमा राउत नियुक्त


 


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् । पाल्पाको रैनदेवी छहरा गाउँपालिका–२ निवासी डा.रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० को उपदफा (१) अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको छ ।

सकारात्मक सोच विस्तार अभियानका अभियन्ताको रूपमा स्थापित राउतले समाजशास्त्रबाट योजना तर्जुमामा पिएचडी गरेका छन् । साथै उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

अधिवक्ता समेत रहेका राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागू हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्