देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिँदैछ : प्रचण्ड


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले देशलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको आरोप लगाएका छन्।

पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष प्रचण्डले कांग्रेसर एमालेले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायकवादतर्फ लैजान खोजिएको बताए।

अध्यक्ष प्रचण्डले भने,’पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ । पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ ।’

अध्यक्ष प्रचण्डले भूराजनीतिक स्थितिका कारण राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको र राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएको बताए।

जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने, सदनलाई प्रभावकारी बनाउने, अन्तरक्रिया छलफल गर्नुपर्ने प्रचण्डले बताए।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्