कांग्रेस र एमालेबीचको सहमतिबारे कसैले शंका नगरौं : गृहमन्त्री लेखक


 


महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संसद्‍मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताएका छन् ।

महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न समेत उनले आग्रह गरे ।

गृहमन्त्री लेखकले भने,‘दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ । कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्वन्द्वलाई शान्तिमा ल्यायौँ ।’

उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागि समेत अब्बल बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्