गृहमन्त्री लेखकले भने – संविधान संशोधनको विषयलाई शंकाको घेरामा नराखौं


 


महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको मुद्दाले कसैले पनि झस्किनु नपर्ने बताएका छन्।

महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताए।

गृहमन्त्री लेखकले भने,’संविधान संशोधनको मुद्दा हामीले ल्याएका हौं। अहिलेको संविधानले व्यवस्था गरेको हो,कसैले झस्किनु पदैन । संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन र जनताका लागि थप उपयोगी बनाउन संविधान संशोधन गर्नु परेको हो ।’

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक शंकाको घेरामा राख्ने अपव्याख्या गर्ने र यसैलाई राजनीति गर्ने उद्देश्य कसैले नराख्न आग्रह गरे।

त्यसैगरी उनले संसदमा भएका दुई ठूला दलहरूबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनाएको बताए।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्