दुई नाबालिका छोरीको रहस्यमय मृत्यु, हराएकी आमा अस्वस्थ अवस्थामा फेला


 


मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमा झापामा भेटिएकी छिन् ।

मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपाने आज बिहान भेटिएकी हुन् ।

घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर रहेको उपचार सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला परेका थिए ।

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् ।

प्रहरीका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको अर्जुनले बताएका छन् ।घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेजस्तो देखिने प्रहरीको भनाई छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्