कीर्तिमानी खेलाडी पलेशा नेपाल पुगिन्, भव्य स्वागत


 


काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक जितेर कीर्तिमान राख्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौँ आइपुगेकी छन् ।

उनलाई बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई अहिले बिहान धुमधामका साथ स्वागत गरी नगर परिक्रमा गराइँदै छ ।

उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्