एनसेलले पलेशालाई १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने


 


काठमाडौं, भदौ १९ । पेरिसमा पारालिम्पिक २०२४ मा नेपाललाई कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेलले नगद १० लाख रुपैयाँ पुरस्कार राशीसहित सम्मान गर्ने भएको छ ।

ऐतिहासिक जित र पेरिस पारालिम्पिकमा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मानस्वरूप एनसेलले पलेशालाई १० लाख रूपैयाँ प्रदान गर्न लागेको हो । एनसेलले अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रूपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरूप यो सम्मानको घोषणा गरेको जनाएको छ ।

एनसेलले गत वर्षदेखि एनपिसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ नारासहित सहकार्य र सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्