दसैँमा नयाँ नोट नपाइने, सुकिला नोटले काम चलाइने


 


काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैङ्कले यस पटक दसैँमा नयाँ नोट नबाँड्ने भएको छ ।

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसवर्ष खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । बैंकले यसपटक सुकिला नोटले काम चलाउनेछ ।

खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्