एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै


 


काठमाडौँ, भदौ १९ । नेकपा एमालेको पोलिटब्युरो बैठक बुधबार पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट बैठक बस्न लागेको हो । बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन् ।

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन्।

कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ । संगठित सदस्यको संख्या १० लाख पु¥याउने एमालेको लक्ष्य छ ।

त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ ।

एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ ।

एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्