नेपाल एसबिआई बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता


 


काठमाडौं, १८ भदौ । नेपाल एसबिआई बैंक र बुद्ध एयबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पन्डा र बुद्ध एयर प्रा. लिका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, ५पिराज पन्त, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिनमुनि बज्रचार्यलगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्