सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल भ्यु पोइन्टमा छुट पाउने


 


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्ट बिच बैंकका ग्राहक महानुभाव, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक महानुभावले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहक महानुभावहरुलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र कर्मचारीहरुलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्