सर्वसाधारणले नपाउने भए दसैँमा नयाँ नोट


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँ , तिहार र छठका लागि नयाँ नोट सटही सुविधा नदिने भएको छ ।

राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने निर्णय गरेको हो ।

विगतका वर्षहरुमा राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटहीको सुविधा राखेको थियो ।

तर राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट सटही सुविधा नदिने तयारी गरेको हो । राष्ट्र बैंकले यो पटकको दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिनेछ ।

ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएपछि राष्ट्र बैंकले सुकिला नोट दिने तयारी गरेको हो ।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्