महिला सांसदको प्रश्न : प्रधानमन्त्रीज्यू महिलालाई कहिले प्रधानमन्त्री बनाउनुहुन्छ ?


 


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य दुर्गा राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महिला प्रधानमन्त्री कहिले बनाउनुहुन्छ भनेर प्रश्न गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले यस्तो प्रश्न गरेकी हुन् ।

उनले प्रतिनिधि सभा नियमावलीमा महिला समन्वय समिति बनाउने व्यवस्था भएपनि अहिलेसम्म पनि समिति नबनेको भन्दै यसमा महिला सांसदको दोष नरहेको बताइन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले महिला सभामुख, प्रधानन्यायाधीश र मुख्यसचिव समेत बनाएको तथा अव चाँडै महिलालाई प्रधानमन्त्री बनाउँछु भनेर भनेको भन्दै कहिलेदेखि महिलालाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेकी हुन् ।

‘प्रधानमन्त्रीज्यू कहिलेदेखि महिला प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? सम्मानित संसद्लाई रोष्ट्रमबाट चाँडै जानकारी दिन अनुरोध गर्दछु’, उनले प्रश्न गरिन्, ‘नियमावलीमा व्यवस्था गरिएको महिला समन्वय समिति निर्माण गर्न वातावरण चाही नबनाउने अनि अर्कोतिर कुनै कार्यक्रममा भने अव महिला प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्नु कति जायज हो ?’

उनले एकथरि कुरा गर्ने र अर्कोथरी काम गर्ने प्रधानमन्त्रीको पहिचान नै बनेको आरोप समेत लगाइन् ।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्