संविधान संशोधन कुनै पार्टीको इच्छाले मात्र हुने विषय होइन : गृहमन्त्री लेखक


 


कैलाली । गृहमन्त्री रमेश लेखकले संविधान निर्माण र संशोधनको विषय दुई वटा पार्टीको इच्छा वा चाहनाले मात्र नहुने बताएका छन्।

आज धनगढी पुगेका गृहमन्त्री लेखकले विमानस्थलमा बोल्दै यस्तो बताएका हुन् । उनले संविधान निर्माण र संशोधनको विषय एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले मात्र हुने कुरा नभएको बताए।

संविधान निर्माण र संशोधन एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले हुने कुरा नभएको उनले बताए । सबै दलहरूका बीच सहमति गरेर मात्रै संविधान संशोधन हुने गृहमन्त्री लेखकले दाबी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीलाई थप मजबुत गर्ने गरी संविधान संशोधन हुने बताए।

कांग्रेस र एमालेको गठबन्धनलाई कसैले अप्ठ्यारो पार्न खोजे पनि सम्भावना नभएको गृहमन्त्री लेखकको भनाई छ ।

अहिलेको समीकरणमा कांग्रेस र एमालेबीच अत्यन्त सौहार्दपूर्ण, सरल र राम्रो वातावरण रहेको बताए ।

उनले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा सैद्धान्तिक रूपमा प्रहरी समायोजन विषयमा दिएको विषयलाई अतिरञ्जित ढंगबाट बाहिर ल्याइएको बताए।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्