कांग्रेसले संगठन सुदृढीकरणका लागि १०० दिने अभियान सञ्चालन गर्ने


 


काठमाडौं। नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि एक सय दिने अभियान सञ्चालन गर्ने भएको छ।

सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले असोज १ देखि पुस १० गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म १०० दिन यो अभियान सञ्चालन हुनेछ।

सांगठनिक गतिविधि प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन तथा विधानअनुसार मातहत कार्यसमितिले गर्नुपर्ने बैठक, सम्मेलन र अभिमुखीकरण समयै गराउन यो अभियानले सहयोग पनि गर्नेछ।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्