दीपक मनाङेको राजीनामा स्वीकृत
पोखरा १७ भदौ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले दिएको राजीनामा स्वीकृत भएको छ ।
मन्त्रालय फेरिएको विषय असन्तुष्ट जनाउदै मनाङेले स्वकिय सचिव सन्तोश अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा पठाएका थिए ।
राजीनामा पत्र बुझेपछि मुख्यमन्त्री पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका हुन् । उक्त मन्त्रालय तत्कालका लागी मुख्यमन्त्रीले नै राख्नेछन् ।
यसअघि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई परिवर्तन गरि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो। सोही विषयमा असन्तुष्ट हुँदै मनाङे सपथ ग्रहणबाट रिसाएर निस्किएका निस्किएका थिए ।
प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार