सार्वजनिक सेवा प्रसारण विधेयक चाँडै पारित हुन्छ : मन्त्री गुरुङ


 


काठमाडौँ १७ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्न बनेको सार्वजनिक सेवा प्रसारण विधेयक चाँडै नै संसदबाट पारित हुने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति नेपाली भाषा २४ घण्टा समाचार सेवा प्रसारण शुभारम्भ समारोहमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक पनि सहमति गरेर अगाडि लैजाने बताउनुभयो ।
समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले सीमित स्रोत र साधनबिच राससले देश विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरी २४ सै घण्टा सेवा सुरु गर्नु गौरवपूर्ण रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले सरकारको लगानी रहेको समाचार संस्थाले हिंसा र विभेदका साथै अनियमिता र बेतिथिको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

बाह्रखरी अनलाइनका सम्पादन प्रतीक प्रधानले राससले २४ सै घण्टा समाचार सेवा सुरु गरेर पत्रकारितालाई थप जिम्मेवार बनाएको विचार व्यक्त गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले सूचना आम नागरिकको अधिकार भएकाले राससले दायित्व पूरा गरेको बताउनुभयो ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्