बागमतीमा हामफालेर बेपत्ता युवतीको नोट : ‘यसमा कसैको दोष छैन’


 


काठमाडौँ । लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बामगती नदीमा हामाफालेर बेपत्ता २० वर्षीया युवतीले छाडेको ‘नोट’बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पुलमुनि भेटिएको नोटमा उनले लेखेकी छन्, ‘यसमा कसैको दोष छैन ।’

अङ्ग्रेजीमा लेखिएको नोटमा २० वर्षीया अञ्जली शर्माले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्मा हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पुलमुनि फेला परेको मोबाइल र झोला अञ्जलीकै भएको पुष्टि भएको ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । अञ्जलीको खोजीमा सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र र सेनाका गोताखोरले दोभान पुल हुँदै बल्खुसम्म खोजी गरेका छन् । तर, बल्खुसम्म खोज्दा उनको अवस्था अज्ञात छ ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्