चार देशका प्रस्तावित राजदूतको सुनुवाइ आज हुँदै


 


काठमाडौं, भदौ १७ । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ आज सक्ने तयारी छ ।

आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूलाई सुनुवाइका लागि बोलाइएको समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन् ।

इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ । समितिमा तिमिल्सिना र पण्डितविरुद्ध उजुरी परेको छ ।

समितिका सदस्यहरूले उजुरीमाथि प्रश्न गर्ने र उनीहरूको जवाफ तथा कार्ययोजनामा छलफल गर्ने छन् ।

समितिले आइतबार चीनका लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ओली, भारतका लागि शंकर शर्मा, जर्मनीका लागि डाक्टर शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको सुनुवाइ गरेको थियो ।

सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्