सर्पको टोकाइबाट बालकको मृत्यु


 


धनगढी, भदौ १७ । धनगढीमा सर्पको टोकाइबाट आइतबार राति एक बालकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक घरमा सुतिरहेको अवस्थामा राती १२ बजे सर्पले टोकेको हो । बालकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु र्याइएपनि उपचारकै क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्