कुलोमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु


 


काठमाडौँ, भदौ १७ । भरतपुर महानगरपालिका–२६ मा कुलोमा डुबेर आइतबार साँझ एक बालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२६ खयरघारी दुर्गा मन्दिरटोल बस्ने हरिबहादुर कुमालका ३६ महिनाका छोरा सन्देश कुमाल मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको कुलोमा खेल्ने क्रममा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

बालक खेल्ने क्रममा कुलोमा परी घटनास्थलबाट दुई सय मिटर तल सोही कुलोमा फेला परेकामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्