निर्वाचन नगर्ने खेलमा सरकार लागेको एमालेको आरोप


 


काठमाडौँ, माघ १६

प्रमुख प्रतिपक्षी एमालेले सरकार निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएको छ । प्रमुख ३ दलबीच भएको सहमति अनुसार माघ १५ गते स्थानीय तह निर्वाचन मिति घोषणा गर्नुपर्ने भन्दै एमालेले सरकारी गतिविधिले शंका उव्जाएको बताएको हो ।

प्रमुख प्रतिपक्षी दलसंग एउटा सहमति गर्ने मधेशी मोर्चासंग अकै सहमति गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको नीतिका कारण निर्वाचन मिति घोषणा हुन नसकेको एमालेको ठम्याई छ । सार्वजनिक कार्यक्रममा जनाएको प्रतिवद्धता समेत भुलेर प्रधानमन्त्रीले राजनीतिक विश्वसनियता गुमाएको एमाले सचिव प्रदिप ज्ञवालीले टिप्पणी गरे ।

आफूहरुसंग भएको सहमति अनुसार निर्वाचन मिति घोषणा हुन नसकेपछि एमालेले थप रणनीति बनाउने बताएको छ । सरकारले भने निर्वाचनसंग सम्वन्धीत केही ऐनहरु व्यवस्थापिका संसदबाट पारित हुन बाँकी रहेकाले निर्वाचन हुन नसकेको बताएको छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्