रोजगार विभागको सेवा सातै प्रदेशमा : मन्त्री भण्डारी


 


काठमाडौँ, भदौ १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागको सेवा सात वटै प्रदेशमा पु¥याउने तयारी भइरहेको बताएका छन् ।

आइतबार पत्रकारसँग भएको अनौपचारिक भेटघाटका क्रममा मन्त्री भण्डारीले यसबारे जानकारी दिएका हुन् । उनले विभागबाट हाल उपलब्ध हुँदै आएका सम्पूर्ण सेवा न्यूनतम रूपमा प्रदेशस्तरबाट दिने गरी श्रम मन्त्रालयले तयारी गरिरहेको बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारसम्बन्धी मागबारेमा स्थानीय तहबाट नै जानकारी पाउने वातावरण बनाउने गरी काम गरिरहेको बताए । घरेलु श्रम गर्न जाने महिलालाई लाग्दै आएको बन्देजले समस्या निम्त्याइरहेको र त्यसलाई हटाउन आफूले प्रयास गरिरहेको उनको भनाइ छ ।

संसदीय समितिले दिएको सातबुँदे निर्देशनले अप्ठ्यारो पारिरहेको टिप्पणी गर्दै मन्त्री भण्डारीले बन्देज हटाउने विषयमा गृहमन्त्री र परराष्ट्रमन्त्री सकारात्मक रहेको बताए ।

प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्