गठबन्धन नगरी चुनाव लड्नुपर्ने गगनको प्रतिवेदन पारित


 


काठमाडौं १६ भदौ। नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकले महामन्त्री गगन थापाको चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ ।

आजको बैठकको निर्णयमा भनिएको छ, ‘विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसंग निर्वाचन पूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्दछ– ‘हाम्रो आफ्नै संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौँ ।
हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्