कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा


 


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारी बैठक सकिएपछि केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो।

आइतबार अपराह्न सुरू बैठकमा सहमहामन्त्रीहरू, महामन्त्रीहरू, उपसभापतिहरू र सभापति बोल्ने कार्यक्रम छ।

गत साउन २३ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो। आजको बैठक त्यसैको निरन्तरता हो।

बैठकमा पदाधिकारीहरूले बोल्ने र गत फागुनमा महासमितिमा पेस भएका प्रस्तावहरू परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्