दुर्घट्नामा एक जनाको मृत्यु


 


पर्सा , माघ १६

पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन । वीरगन्जबाट बाराको परवानीपुरतर्फ जाँदै गरेको पिबी ६५ एम ९०८६ नम्बरको ट्रकले वीरगन्जतर्फ आउँदै गरेको ना २७ प ९०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जिल्ला निवासी १७ वर्षीया ओमरावती कुमारी साहलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

गम्भीर दुई घाइतेको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ उनीहरुको नाम खुल्न सकेको छैन । ठक्कर दिने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहे पनि ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्