सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन


 


काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गरेको छ।

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीको माग गर्दै नेपाल बारले आइतबार मध्याह्न विरोध प्रदर्शन गरेको हो।

पहिलो संशोधन खारेजीको मागलाई बेवास्ता गर्दै परिषद्को बैठक बोलाइएको भन्दै बारले आन्दोलन गरेको छ ।

सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त छ।

वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार सिफारिस नगर्न भन्दै आएको छ।

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लंघन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्