वार्षिक १०० जना कामदार नपठाउने १८१ मेनपावरको नवीकरण


 


काठमाडौँ । वैदेशिक रोजगार विभागले वार्षिक १०० कामदार विदेश पठाउन नसक्ने १८१ मेनपावर कम्पनीको नवीकरण गरेको छ । विभागले ती कम्पनीमा अनुगमन गरेपछि नवीकरण गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकुवामार्फत नवीकरण हुन नपाएका कम्पनीको नवीकरण गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले ती कम्पनीहरूको स्थलगत अनुगमनपछि नवकिरण गरेको हो ।

लगातार दुई वर्षसम्म वार्षिक १०० कामदार नपठाउने मेनपावर कम्पनीको नवीकरण नगर्ने कानुनी व्यवस्था छ । तर, विगत चार वर्षदेखि बाधा अड्काउ फुकाऊ मार्फत सरकारले नवीकरण गर्दै आएको छ । वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने ३१७ मेनपावरको नवीकरण राखिएको थियो ।

नवीकरण रोकिएका कम्पनीहरूलाई नवीकरणका लागि आवेदन दिन आह्वान गरेको थियो । निवेदन दिएका कम्पनीहरूमा विभागको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि हाल १८१ वटा संस्थाको नवीकरण गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।

अब बाँकी कुनै संस्थाले नवीकरणका लागि उजुरी दिएपछि मात्रै अनुगमन गरिने र त्यसपछि मात्रै नवीकरण गरिने सुवेदीले बताए ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्