केन्द्रीय प्रशारण लाइनमा २५ मेगावाट बिजुली थपिने


 


काठमाण्डौ,माघ १६
केन्द्रीय प्रशारण लाइनमा आगामी बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो ।

गत पुस १७ देखि ४० मेगावाट र आगामी माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजुली ल्याउने सम्झौता भएको थियो । तर वुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्