क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु


 


काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ।

अस्पतालको दोस्रो तलाबाट हामफालेकी काठमाडौं महानगरपालिका-८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा मृत्यु भएको हो।

आईसीयूमा राखेर उपचाररत तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

थाइराइडको क्यान्सर उपचारका लागि उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

उनले अस्पतालबाट हाम फाल्नुको कारण खुलेको छैन ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्