अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो


 


चितवन । रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा सडक अवरुद्ध भएको थियो ।

त्यस्तै,नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्