संगठित अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छ : आईजीपी कुँवर


 


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने बताएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।



आईजीपी कुँवरले विश्वमा संगठित अपराध चुनौतिको रूपमा देखा परिरहेको बताए । संगठित अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आईजीपी कुँवरको भनाई छ ।



नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा ‘वाकाथोन’ कार्यक्रम गरेको थियो ।

आईजीपी कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने बताए ।

यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवं समन्वय हुनुपर्ने बताए । आईजीपी कुँवर विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्