अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन : प्रचण्ड


 


बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने बताएका छन्।

नेपालगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताए।

अध्यक्ष प्रचण्डले भने,‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन । पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु। अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ।’

आफूलाई अध्यक्ष भइरहने रहर नभएको अध्यक्ष प्रचण्डले दाबी गरे । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ।

उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरूपता र एक ढिक्का बनाएर अगाडि बढाउने उनले उल्लेख गरे।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्