अर्थतन्त्र सुधारको संकेत देखिएको छ : गभर्नर अधिकारी


 


काठमाडौं, भदौ १६ । गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारको संकेत देखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सुधारोन्मुख र थप सुधारका लागि स्पष्ट आधारशिला देखा परेको बताए ।

उनले पुँजी बजारमा देखिएको सशभागिता तथा जारी नाडा अटो शोमा देखिएको उत्साहले पनि अर्थतन्त्र सुधारोन्मुख देखिएको बताए ।

बैंकसँग पर्याप्त लगानीयोग्य रकम, बैंक व्याजदर न्यून अवस्था, मुद्रास्फीति औसतभन्दा तल, विदेशी विनिमयको अत्यधिक सञ्चिती अर्थतन्त्र सुधारको आधार रहेको उनले बताए ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्