चितवनमा भारतीय बस र नेपाली ट्रक ठोक्किए


 


काठमाडौं, भदौ १६ । चितवन भारतीय नम्बर प्लेटको बस र नेपाली नम्बर प्लेटको ट्रक एक आपसमा ठोक्किएका छन् ।

आइतबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका हुन् ।

बस र ट्रक आपसमा ठोक्किँदा ट्रक चालकसहित केही यात्रु घाइते भएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्