‘अबको बाटो’ पुस्तक सार्वजनिक


 


काठमाडौं १५ भदौ । लेखक भरतकुमार श्रेष्ठद्वारा सम्पादित ‘अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान नेपाल र शिखा बुक्सद्वारा आज प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माले पुस्तक सार्वजनिकीकरण गरे। विभिन्न विधामा राष्ट्रिय जीवनमा ख्याति कमाएका २७ जना व्यक्तित्वका विचार कृतिमा समेटिएको छ।

पुस्तकमा नेपालको विकास कसरी? सिमाना नाघेका भानुभक्त र नेपाली साहित्य, नेपाली डायस्पोरा र हाम्रो मूलदेश, मलमा सधैँ परनिर्भरता कि विकल्पको खोजी?, नेपाल किन पछि, अरू किन अघि?, साइबर संस्कृति र साहित्य तथा मेरोदेश, मेरो सान, मेरो सर्वस्वजस्ता शीर्षकका लेख समेटिको छ।

राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनदेखि अर्थशास्त्री चद्रमणि अधिकारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, प्राडा सुरेन्द्र केसी, जीवन विकास विशेषज्ञ रमेश नेपाललगायतका विचार अबको बाटोमा समेटिएको छ।

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश शर्माले नेपाली राजनीति दिशाहीन भइरहेको वर्तमान सन्दर्भमा मुलुकका स्वनामधन्य लेखकका अनुसन्धानात्मक लेखले मुलुकको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक एवं शैक्षिक क्षेत्रका आयाममा तरङ्ग ल्याउने विश्वास व्यक्त गरे।

तीन सय ४४ पृष्ठको पुस्तकको मूल्य सात सय ७० रहेको छ।

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्