इतिहासकै ठूलो नेपालको झण्डा राजधानीमा प्रदर्शन गरिदै


 


काठमाडौँ, माघ १६

आज राजधानीको माइतीघर मण्डलामा १० मिटर अग्लो र ८ मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिदै छ । सहिद दिवशका अवसरमा आज नेपाली देशभक्त युवा समाजले इतिहास कै नेपालको ठूलोे झण्डा मण्डलामा प्रदर्शनमा राख्न लागेको हो ।

ज्ञात अज्ञात सहिदहरुको सम्झनामा आज दिउसो १ बजे एक कार्यक्रमका बिच माईतिघर मण्डलमा झण्डा प्रदर्शनमा राखिने बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको समाजका अध्यक्ष नारायण प्रसाद ढुङगनाले जानकारी दिए ।

यसै अबसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, माइती नेपालकी अध्यक्ष अनुराधा कोईराला, अनररी चिल्डेन अर्वाड बिजेता इन्दिरा रानामगर,सिएन सुपर हिरो पुष्पा बस्नेत लगायतकालाई सम्मान गरिने बताइएको छ ।

प्रकाशित मिति: १६ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्