मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत भेटिए


 


विारटनगर १५ भदौ । मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय अर्जुन कार्कीका तीन वर्षीया र डेढ वर्षीया छोरीलाई शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत फेला पारेका हुन् ।

स्थानीयका अनुसार मृत बालिकाकी आमा र बालिका शुक्रबार बेलुकादेखि सम्पर्कबिहीन भएका थिए।

प्रहरीका अनुसार अँगालो हालेको अवस्थामा फेला परेका उनीहरुको छेउमा विषादीको बट्टा पनि भेटिएको छ।घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्