सिधुवामा बहुआयमिक र बहु सीपयुक्त पुस्तकालय सञ्चालन


 


धनकुटा १५ भदौ । धनकुटाको सिधुवामा सिंधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ ।

शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त बहुआयमिक र बहु सीपयुक्त पुस्तकालय उद्घाटन गरिएको हो ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिंधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानका राजदूतावास मिसन उप–प्रमुख ताकाहिरो तामुरा र छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

पुस्तकालय जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण भएको हो । जापान सरकारको तीन वर्षे आयोजना अन्तरगत नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो ।
जापान सरकारको एक करोड ६२ लाख, गाउँपालिकाको ५० लाख र स्थानीयबासीको ३० हजार गरि कुल दुई करोड १२ लाख ३० हजारमा आयोजना सम्पन्न भएको हो । अवसरहरूको खोजी गर्न नयाँ शैलीमा पुस्तकालयमा बच्चादेखि ज्येष्ठ नागरिकहरू ज्ञानसँगै जीवन उपयोगी सिप लगायतको रहेको छ ।

समुदायको मागमा आधारित भएर पुस्तकालय निर्माण गरिएको र नागरिकको बौद्धिक विकासलाई बुझेर अगाडी बढ्न पुस्तकालय निर्माण गरिएको छथरजोरपाटी गाउँपालिका धनकुटाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो।
दुई कार्यक्रम हलसहित बनेको उक्त नौ कोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहु(प्राविधिक, आइसिटी, पुस्तकालय, र जोखिम न्यूनीकरण कक्ष साथै अपाङ्ग मैत्री कक्षा समेत रहेका छन् । पुस्तकालयमा तीन हजार भन्दा बढी पुस्तकहरू रहेका छन् ।

आगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको विभिन्न विषयमा पुस्तकहरू प्रकाशन गर्दै जाने लक्ष राखेको पुस्तकालयका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्