महामन्त्रीद्वयको प्रस्तावमाथि आज जसरी पनि सहमति खोजिने


 


काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका वर्तमान पदाधिकारी बैठक बस्दैछ ।

बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति खोजिने नेताहरूले बताएका छन् ।

महामन्त्री थापाको चुनावपूर्वको गठबन्धन र अर्का महामन्त्री शर्माको बहिर्गमनको नीतिको प्रस्तावमाथि छलफल जारी छ ।

यस प्रस्तावबारे सभापति देउवाले महामन्त्रीद्वय थापा–शर्मासँग पटक–पटक छलफल गरेका छन् ।

देउवाले दुवै प्रस्तावमा आवश्यक संशोधन गर्न चाहेका छन् भने महामन्त्रीद्वय आफ्नो प्रस्तावकै अडानमा छन् ।

यसपछि पूर्व तथा वर्तमान पदाधिकारीको बैठक बोलाइएको छ । देउवाले आज जसरी भएपनि सहमति जुटाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्