कति छ आज विदेशी मुद्राको विनिमय दर?


 


काठमाडौँ, भदौ १५ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।

बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्