मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का


 


काठमाडौँ, भदौ १५ । मनाङमा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्