शान्ति प्रक्रियाको काम टुंग्यायौं, तर द्वन्द्वको पीडा अझै जीवितै छ : गृहमन्त्री लेखक


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र द्वन्द्वको पीडा अझै जीवितै रहेको बताएका छन् ।

पाँचथरको फालेलुङमा ग्रिनेड बिस्फोट भएर दुई नाबालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले भने,‘कस्तो दुःखद् भयो भने भर्खर हामीले शान्ति प्रक्रियाको काम टुंग्यायौं भन्यौं, संक्रमणकालीन न्यायको काम टुंग्यायौं भन्यौं । तर, अहिले पनि सशस्त्र द्वन्द्वको पीडा अझ पनि जीवित छ ।’

उनले शान्ति सम्झौता भएको डेढ दशक वितिसक्दा पनि त्यसबेलाका विष्फोटक पदार्थले अहिलेसम्म जोखिम सिर्जना गरिरहेको बताए ।

गृहमन्त्री लेखकले घटनास्थल नजिकै अर्को ग्रिनेड पनि फेला परेको बताए ।

बिहीबार साढे ३ बजेतिर स्थानीय आइतराज केरुङको घरमा विष्फोट हुँदा अढाइ वर्षीया पिन्सा र ११ वर्षीया दिप्सनको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्