सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउने प्रचण्डको चेतावनी


 


सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका छानबिनलाई सामसुम पार्ने खेल भइरहेको आरोप लगाएका छन् ।

पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै अघि बढे सरकारविरुद्ध सडक र सदन दुवैतिर आन्दोलन थाल्ने चेतावनी दिए ।

उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गरे ।

अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्रै गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सच्चिने होइन भने सदन र सडक दुवै ठाउँबाट आन्दोलन अघि बढाउने बताए।

उनले गलत कुरालाई चोख्यान गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए।

भदौ ११ गते संसद्‍मा आफ्नो सम्बोधन उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डारफोर गरेको अध्यक्ष प्रचण्डले बताए ।

गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट गरे ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्