कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय


 


विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

कांग्रेसले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ।

त्यस्तै, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।

२७ वैशाखमा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्