अब त अध्यक्ष भन्ने पद पनि ठूलो लाग्न छोड्यो : प्रचण्ड


 


सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व हस्तान्त्रण गर्ने बेला नभएको बताएका छन् ।

पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले पार्टीका बैठकमा नेतृत्व हस्तान्तरणको विषयमा छलफल भएपनि अहिले नै हस्तान्तरण गर्ने समय नभएको बताए।

अध्यक्ष प्रचण्डले भने,‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन । संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए ।

उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए ।

उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्