नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारी वर्माको हत्या


 


जनकपुरधाम । नेपाल आयल निगमको धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारीको हत्या भएको छ।

सिरहा नगरपालिका-३ घर भई डिपोमा कार्यरत राकेश कुमार वर्माको हत्या भएको हो ।

वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका प्रहरीले जनाएको छ ।

उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० छन् ।

हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो ।

सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्