निर्जीवन बीमा कम्पनीहरुले सरकारविरुद्ध मुद्दा दायर गर्ने


 


काठमाडाैं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा बापतको रकम माग गर्दै सरकारका विरुद्धमा मुद्दा दायर गर्ने भएका छन् । आइतबार अदालतमा मुद्दा दर्ता गर्ने नेपाल बीमक संघले जानकारी दिएको छ ।

नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरु छन् । उनिहरुले कोरोना बीमा बापतको १० अर्बभन्दा बढि रकम माग गर्दै सरकारका विरुद्धमा मुद्दा दायर गर्न लागेका हुन् ।

गत साता र यही साता बसेको बीमक संघको बैठकले कोरोना बीमाको रकम सरकारलाई तिराउन कानुनी प्रक्रियामा अघि बढ्ने निर्णय गरेको थियो । सो कार्यको जिम्मेवारी पायोनियर ल एशोसिएट्सलाई जिम्मेवारी सुम्पिएको छ ।

सरकारसँग कानुनी लडाई लड्न १४ वटै बीमा कम्पनीका सिईओहरुले हस्ताक्षर गरिसकेका छन् । कोरोना बीमा पोलिसी किनेर रकम नपाएका करिब एक लाख बीमितलाई बीमा कम्पनीहरुले अहिलेसम्म दावी भुक्तानी दिन सकेका छैनन् ।

कोरोना बीमा मापदण्ड अनुसार सरकारले रकम नदिएको भन्दै बीमक संघ मुद्दा लड्न तयार भएको हो ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्