बबई सिँचाइको नहरमा बगेर बालिकाको मृत्यु


 


बर्दिया, भदौ १४ । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ घरबाट हराएकी बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरीको नहरमा बगेर मृत्यु भएको हो ।

बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो । बालिकाको आज बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्